एमाले नझुकुन्जेल देश झुक्दैन भनेकाले हामीमाथि आक्रमण सुरु भएको छ – ओली

शनिबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नढलुन्जेल र नझुकुन्जेल देश झुक्दैन भनेकाले हामीमाथि आक्रमण सुरु भएको बताएका छन्। शनिबार भक्तपुरको सल्लाघारीमा पार्टीको ११औँ महाधिवेशनलाई उद्घाटन गर्दै ओलीले निराशा र नकारात्मक सोच भएकाले अभियन्तालाई एमालेको स्वाधीनताको कुरा मन नपरेर आक्रमण भएको उल्लेख गरे।

उनले एमालेले राष्ट्रिय एकता, विविधतामा एकता भन्ने मुल मन्त्र बोकेको बताउँदै उनले हिंसाबाट नभई जनताको मन जितेर या शान्तिपूर्ण तरिकाले समाज बदल्न सकिन्छ भनेर एमाले लागिपरेको उल्लेख गरे। 

उनले नेकपा एमालेले संविधान संशोधन गर्ने अधिकार हाम्रो हो र हामीले यसको सही सदुपयोग गर्छौँ भनेर लागेको कतिपयलाई मन नपरेकाले एमालेमाथि आक्रमण भइरहेको बताए। एक पक्षको भित्री उद्देश्य एमालेलाई विधाजन गरी कमजोर बनाउने र अल्मल्याउने भएको बताए। 

See More On

सुझावित समाचार