‘एनपिएलले नेपाल सुरक्षित, आकर्षक र सक्षम मुलुक हो भन्ने सन्देश दिएको छ’ : प्रधानमन्त्री कार्की

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रतिस्पर्धा गर्न गइरहेका दुवै टोलीलाई शुभकामना दिएकी छिन्। प्रधानमन्त्री कार्कीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सलाई सफलताको कामना व्यक्त गरेकी हुन्।

उनले एनपिएललाई राष्ट्रिय उत्सवको रूपमा व्याख्या गर्दै लेखेकी छिन्, यो प्रतियोगिताले सम्पूर्ण देशलाई उत्साहित र एकताबद्ध बनाएको छ। सबै नेपालीलाई एउटै सूत्रमा बाँध्दै सुरक्षा सम्बन्धी आशङ्कालाई चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम राष्ट्र हो भन्ने सन्देश विश्वसमक्ष पुर्याएको छ।

सुझावित समाचार