मंसिर २७ गतेदेखि पुस ५ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको मंसिर २७ गते शनिबारदेखि पुस ५ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ दृष्टिमा चन्द्रमा भएकाले यो साता मानप्रतिष्ठा र सामाजिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । नयाँ व्यवसायको थालनी गरेमा व्यावहारिक रूपमा फाइदा पुग्नेछ । उपलब्धिमूलक यात्रा हुने योग छ । साताको अन्त्यमा पारिवारिक जीवन संतोषप्रद हुनेछ । साझेदार वा सहयोगीको संगतले लाभ प्राप्त हुनेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा राम्रो छ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइनेछ । सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्नेछ । सवारी चलाउँदा सतर्कताको खाँचो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नुपर्ने हुन सक्छ । साताको अन्त्यमा प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । सोचे जस्तो काम सम्पन्न हुन कठिन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रामरमाइलो र मनोरञ्जक क्रियाकलापका साथमा साताको सुरुवात हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्नेछ । पारिवारिक जीवन सामान्य रहनेछ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । इच्छाएको जिम्मेवारी प्राप्त हुन सक्छ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । साताको अन्त्यमा अन्त्यमा हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने छ । शत्रुहरू पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । समग्रमा यो साता विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्ने समय छ । साताको अन्त्यमा आफन्तहरूबाट भनेजस्तो सहयोग मिल्ने योग रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सहयोगी हातहरू पछि हट्न सक्छन् । गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । बुधबार र बिहीबार साझेदारी कामबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । बिहीबारदेखि स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग रहेको छ । अनाहकमा अरूले गरेका गल्तीको पनि सजाय भोग्नुपर्ने अवस्था आउला । बोलेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । बुधबार र बिहीबार दृष्टिशक्तिमा कमी आउन सक्छ । शुक्रबारपछि प्रेमसम्बन्धमा सुधार आउनेछ, प्रेमीप्रेमिकाका बिचमा सुमधुर र मिठासपूर्ण सम्बन्ध कायम हुनेछ, मनको झुकाव आनन्द र रमणीयतातर्फ उन्मुख हुने संकेत छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अभिभावकवर्गको आशीर्वादले काम गर्नसक्छ । परिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । मायाप्रेम र भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । पढाइमा राम्रो प्रगति हुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो लाभ हुनेछ । धनधान्य र सुखसम्मृद्धि जुटाउन मद्दत मिल्ने समय छ । यस अवधिमा विभिन्न जिम्मेवारी वहन गर्नुपर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउनेछ । ढिलै भए पनि तपाईंले भने जसरी नै काम सम्पन्न हुनेछ । मनोरञ्जनका लागि समय र धन खर्च हुन सक्छ । आमा वा मामाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने समय रहेको छ । जोसँग जतिवेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु राम्रो हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पढाइलेखाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ । पुराना साथीभाइसित भेटघाट हुन सक्छ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कार्य क्षेत्रमा सुधार आउनेछ । राजनीतिक भ्रमण गरेमा राम्रो छ । विद्यार्थीहरूका लागि यो साता राम्रो छ । इस्टमित्र साथीभाइसँगको भेटघाट रमणीय हुनेछ । नवीन कार्य गर्दा विचारपूर्वक गर्नुहोला । जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । विद्यार्थीहरूका लागि अध्ययन कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा सामाजिक कार्य बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अग्रजको सल्लाहमा कार्य गरेमा सफलता मिल्नेछ । मित्र सहयोगीहरूबाट काममा शुभ छ । विद्यार्थीहरूका लागि अध्ययनशील समय छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा थोरै मानसिक शान्ति हुनेछ । व्यवसायीहरूका लागि लाभ हुने समय छ । यो साताको अन्त्यमा आर्थिक फलसमेत मिल्ने देखिन्छ । उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट हुनेछ । 

See More On

सुझावित समाचार