डिस होमले ल्यायो एआई ‘खुसी’

शुक्रबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

डिस मिडिया नेटवर्क लिमिटेड (डिस होम)ले ‘डिस होम–एआई खुसी’ सेवा सार्वजनिक गरेको छ । कम्पनीले नयाँ प्रविधिको प्रयोग गर्दै दुईतर्फी भोइस एआई ‘खुसी’ ल्याएको जनाएको छ । 

यो एआई खुसीको प्रयोग सेवा निष्क्रिय भएका ग्राहकलाई नेपाली भाषामा मानवजस्तै आवाजमा निरन्तर संवादमार्फत पुन: नवीकरणका लागि सम्पर्क गर्न हुनेछ । त्यसैगरी, सम्बन्धित अफर प्रस्तुत गर्ने तथा कुराकानीका क्रममा प्राप्त हुने प्रतिक्रिया, गुनासो र सुझाव संकलन गरी ग्राहक सेवा केन्द्रसम्म पुर्याउन सहयोग गर्ने बताइएको छ । साथै, कुराकानीकै क्रममा ग्राहकको भावनात्मक प्रतिक्रिया (सेन्टिमेन्ट एनालाइसिस) विश्लेषण गरी प्रतिवेदन तयारी गर्ने क्षमतासमेत एआईमा उपलब्ध हुने कम्पनीको दाबी छ ।

समय–समयमा नेटवर्कमा प्राविधिक समस्याले गर्दा सेवा अवरुद्ध हुने अवस्थामा एआई प्रणाली डिसहोमको केन्द्रीय प्रणालीसँग एकीकृत भई ग्राहकले ग्राहक सेवा केन्द्रमा कल गर्दा अवरोधको कारण, अनुमानित समाधान समय, तथा प्रगति विवरण प्रदान गर्न सक्षम हुनेछ । यसले ठुलो परिमाणमा कल आउने अवस्थामा ग्राहकलाई तुरुन्त र यथार्थ जानकारी उपलब्ध गराई ग्राहक सेवालाई थप प्रभावकारी बनाउनेछ ।

कम्पनीका अनुसार पछिल्लो समयमा निरन्तर प्रविधिमा आधारित नवप्रवर्तन गर्दै आएको छ । ग्राहकलाई डिजिटल प्रविधिसँग अझ नजिक ल्याउने उद्देश्यले डिसहोमले केही समयअघि भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको थियो । जसमार्फत डिसहोमका ग्राहकले होटेल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा, इलेक्ट्रोनिक सामानलगायत दुई सयभन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट पाउने सुविधा प्रदान गर्दै आएको छ । त्यसपछि डिस होमले एनपिएल दोस्रो संस्करणलाई आफ्नै ‘डिस होम गो’ नामक ओटिटी प्लाटफर्ममार्फत प्रत्यक्ष प्रसारण गरेको थियो । 

See More On

सुझावित समाचार