आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो संस्करणको एनपिएलअन्तर्गत फाइनल र क्वालिफायर २ को टिकट मूल्य एक्कासि बढाएको छ । क्यानले विनासूचना एकैपटक टिकट मूल्य बढाएपछि समर्थकले असन्तुष्टि जनाएका छन् । यसअघि क्यानले क्वालिफायर २ र फाइनलका लागि हजार रुपैयाँ टिकट मूल्य तोकेको थियो । क्यानले बुधबार राति दुई हजार रुपैयाँ बनाएको छ ।
क्यानले क्वालिफायर २ को टिकन साबिक एक हजारबाट दुई हजार रुपैयाँ निर्धारण गरेको छ । सिद्धार्थ बैंक, रेडबुल र एनसेल जोनको टिकट मूल्य दुई हजार रुपैयाँ राखिएको छ ।
जोन १, जोन २ र जोन ३ को भने एक हजार यथावत् नै छ । लिग चरणका खेलमा भने प्रिमियर जोनको एक हजार तथा अन्य जोनको टिकट पाँच सय मात्रै राखिएको थियो ।
टिकट मूल्य बढेपछि विराटनगर र लुम्बिनीबिचको क्वालिफायर २ को प्यारापिटमा दर्शकको उपस्थित कम रह्यो । क्यानले टिकटबाट १२ करोडसम्म आम्दानी गर्ने योजना बनाएको छ ।