यी हुन् कांग्रेस जाजरकोटले आगामी निर्वाचनका लागि सिफारिस गरेका उम्मेदवार

बिहिबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण

कांग्रेस जाजरकोटले प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारहरूको नाम औपचारिक रूपमा सिफारिस गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिले जारी गरेको निर्देशनलाई आधार मानेर जिल्ला कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस टुंग्याएको जनाएको हो ।

सिफारिस सूचिअनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ खड्गबहादुर बुढा, मैना कार्की, मुक्तिप्रसाद आचार्य, महेन्द्रबहादुर शाह र रामजंग शाहको सिफारिस भएको छ । 

त्यसैगरी प्रतिनिधि सभा समानुपातिकतर्फ रामछाया शाही, हजारी नेपाली बादी, भुमिलाल रोकाय, जनक बादी र बिष्णु गिरीको नाम सिफारिस भएको  कांग्रेस जाजरकोटले जनाएको छ।

राष्ट्रिय सभातर्फ तीनजनाको नाम सिफारिस भएको छ । सिफारिस सूचीमा दिपकजंग शाह, खम्बजंग शाह र गीता नेपाली समावेश छन् । यी सबै उम्मेदवार संगठनमा सक्रियता, भूमिगत योगदान र जनसम्पर्क क्षमताका आधारमा छनोट गरिएको कांग्रेस जाजरकोटका प्रवक्ता छबी पन्तले बताए । सिफारिस प्रक्रिया पूर्ण रूपमा पारदर्शी, सहमतिमूलक र संगठनात्मक निर्देशिकाअनुसार सम्पन्न गरिएको उनको भनाइ छ ।

प्रवक्ता पन्तले भने, ‘केन्द्रीय कार्यसमितिले गरेको निर्णयलाई हामीले शिरोधार्य गरेका छौँ । योग्य, प्रतिबद्ध र जनतामा लोकप्रिय हुने क्षमताका आधारमा हामीले नाम सिफारिस गरेका हौं । आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने हाम्रो साझा प्रतिज्ञा हो ।’

सुझावित समाचार