नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’ भएको टिप्पणी गरेका छन् ।
बिहीबार राजधानी काठमाडौंमा सम्पादकहरूसँगको संवादका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनैपनि प्रकारको सम्झौता गर्न नमिल्ने उनको भनाइ थियो ।
‘हिजो एउटा कलाविहीन नाटक भयो । त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ?,’ उनले भने, ‘गोबर टाँसेको सरकारले कलाविहीन नाटक गर्यो नि । त्यहीँ अस्वीकार भयो नि । त्यहीँ च्यातिदियो नि । त्यसकारण त्यो कलाविहीन भद्दा नाटक हो ।’