निर्देशक ज्ञानेन्द्र देउजाले काभे्रको पनौतीबाट ‘झिँगेदाउ २’को छयांकन सुरु गरेका छन् । सोमबार शुभमुहूर्त सहित साढे तीन करोड लगानी रहने सुपरहिट सिनेमा ‘झिँगेदाउ’को सिक्वेलको छयांकन सुरु गरिएको निर्माता समेत रहेको निर्देशक देउजाले बताए ।
मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट छायांकन सुरुभएको सिनेमाको सेड्युल ६० दिनको राखिएको छ । यो सिनेमाका लागि काभ्रेको पनौतीमा भव्य सेट लगाइएको छ । त्यसपछि काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा यो सिनेमाको छायांकन गरिनेछ । अर्को वर्षको दशैंमा रिलिज लक्ष्य राखिएको सिनेमाको कथा ‘झिँगेदाउ’ सकिएको दृश्यबाट नै निरन्तरता दिएको छ ।
कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहनेछ ।
निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको सिनेमाको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् । रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन रहने सिनेमामा इशवर घिमिरे प्रोडक्सन म्यानेजर र चन्द्र भण्डारी मुख्य सहायक निर्देशक अनि पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशक छन् ।
बिष्णु घिमिरे ‘कल्पित’को छायांकन रहने सिनेमामा निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् ।
‘झिँगेदाउ २’को छयांकन सुरु
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
३ हप्ता अघि
झ्याप्पै
३ हप्ता अघि
छाउँदै देउडा गायिका लक्ष्मी
१ हप्ता अघि
सुझावित समाचार
छाउँदै देउडा गायिका लक्ष्मी
सुदूर कर्णालीको देउडा गीत गाएर छोटो समयमै चर्चामा आउन सफल गायिका हुन् लक्ष्मी बजुरेली देउडा गायिका लक्ष्मी बजुरेल…
भुइँतहबाट उदाएका लोकप्रिय संगीतकार
तिमीले थुनेको नर्कलाई तोडेर यहाँ आइपुगेँ, हजारौँ वर्ष हिँडेर तिमीलाई सोध्न आइपुगेँ ए मन भएको मान्छे, मनलाई सञ्चै छ …
टाइगर श्रफ गोलीकाण्ड : आक्रमणकारीले प्रयोग गरेको मोटरसाइकल बरामद
मुम्बई प्रहरीले बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार घटनामा आक्रमणकारीहरूले प्रयोग गरेको मोटरसाइकल बरामद गरेको छ। गोली प्र…
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार भएको छ। मुम्बईमा घरनजिकै गोली प्रहार भएको हो। गोली उनका चालकलाई ला…
दसैँमा घर आउन नपाएको पीडा, सत्रुघन गौतमको स्वरमा नयाँ गीत सार्वजनिक
काठमाडौं । अमेरिकामा रहेका गायक सत्रुघन गौतमको स्वरमा नयाँ दसैँ गीत सार्वजनिक भएको छ । दसैँमा बिदा नमिल्दा स्वदेश फर्किए…