अध्यक्ष ओली छानबिन आयोगमा बयान दिन जानुपर्छ : ईश्वर पोखरेल

बुधबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण
अध्यक्ष ओली छानबिन आयोगमा बयान दिन जानुपर्छ : ईश्वर पोखरेल

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनबारे छानबिन गर्न बनेको आयोगमा बयान दिनुपर्ने बताएका छन्।

बुधबार कार्की ब्यांकेटमा सम्पादकहरूसँगको अन्तर्क्रियामा पोखरेलले छानबिन आयोगमा बयान दिन जाने कुरा स्वाभाविक प्रक्रिया भन्दै अध्यक्ष ओली जानुपर्ने प्रस्ट पारे।

‘छानबिन आयोगमा अध्यक्ष बयान दिन जाने कुरा स्वाभाविक हो, जानु पनि पर्छ। म भएको भए पनि सहज रूपमा जान्थेँ,’ उनले भने। यद्यपि, आयोगप्रति एमालेका केही विमति रहेका पनि उनले प्रस्ट पारे।

सुझावित समाचार