नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने दुई हजार चार सय ६३ प्रतिनिधिको टुंगो लागेको छ। प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहने गरी टुंग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए।
उनका अनुसार पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहनेछ। उक्त संख्यासहित दुई हजार ४६३ जना महाधिवेशनको हलमा रहनेछन्।