गगन थापालाई पहिलो नम्बरमा उम्मेदवार बन्न धनकुटाबाट सिफारिस

बुधबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेस धनकुटाले पार्टीका महामन्त्री तथा युवा नेता गगनकुमार थापालाई पहिलो नम्बरमा उम्मेदवार बन्न धनकुटाबाट सिफारिस गरेको छ। नेपाली कांग्रेस धनकुटाको सम्पन्न जिल्ला कार्यसमितिको बैठकले थापाको नामलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिफारिस गरेको हो।

धनकुटामा एक निर्वाचन क्षेत्र रहेको छ। यसअघिका चुनावमा महामन्त्री थापा काठमाडौ क्षेत्र नं. ४ बाट निर्वाचित हुँदै आएका छन्। उम्मेदवारीबारे अन्तिम निर्णय भने पार्टीको केन्द्रीय समितिले गर्नेछ। नेपाली कांग्रेस धनकुटाको आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि महामन्त्री थापासहित नेपाली कांग्रेस धनकुटाका पुर्व सभापतिहरु हरीकुमार राई र मनोहरनारायण श्रेष्ठ तथा जिल्ला सभापति दिनेश राईको नाम सिफारिस गरेको छ। जिल्ला सभापति राईको नाम दोस्रो नम्बरमा समावेश गरिएको छ ।

यता समानुपातिकतर्फ कमोट फागो, करुणा कटुवाल, टीकादेवी भण्डारी, अम्बिका धमला, सिता प्रधान र मिना राईको नाम सिफारिस गरेको छ । सो बैठकले राष्ट्रिय सभाका लागि सुनीलबहादुर थापा,आनन्दसन्तोषी राई,अजितनारायण सिंह थापा,लिला सुब्बा र अञ्जना ताम्ली, दलिततर्फ रविन्द्र नेपाली, अम्बिका परियार र इन्दु दर्नालको नाम सिफारीस गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिए ।
 

सुझावित समाचार