सुर्खेत–१ बाट कांग्रेस कार्यबाहक सभापति खड्काको एकल सिफारिस

बुधबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले प्रत्यक्षतर्फ सुर्खेत क्षेत्र नं. १ बाट कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई एकल रूपमा सिफारिस गरेको छ । क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले खड्कालाई सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको जानकारी दिए।

नेपाली कांग्रेसका कार्यवाहक सभापति तथा पूर्व उपप्रधानमन्त्री र रक्षामन्त्रीसमेत रहेका खड्कालाई उनको नेतृत्व क्षमता र संगठनमा देखाएको भूमिकाका आधारमा एकल सिफारिस गरिएको क्षेत्रीय सभापति झकबहादुर डाँगीले बताए। यता सुर्खेत क्षेत्र नं. २ का लागि जिल्ला कार्यसमितिले छ जनाको नाम सिफारिस गरेको छ । सिफारिस सूचीमा उपेन्द्र थापा, कलम खत्री, नारायण कोइराला, भिष्मराज हमाल, हृदयराम थानी र महिलातर्फ बसन्ती बस्नेतको नाम रहेको क्षेत्रीय सभापति इन्द्रबहादुर रावलले जानकारी दिए ।

यस्तै क्षेत्र नं २ बाट समानुपातिकतर्फ  गंगा नेपाली, पार्वती गिरी, भग्य कामी, धना बिष्ट र भिम शाई नेपालीलाई सिफारिस गरेको क्षेत्रीय सभापति रावलले बताए ।
 

सुझावित समाचार