उदयपुरमा दुई मोटरसाइकल आपसमा ठाेक्किए, एकजनाको मृत्यु

मंगलबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक चौदण्डीगढी नगरपालिका–४ थुलुङडाडा बस्ने ५८ वर्षका भक्तराम राई रहेका छन् ।

आज दिउँसो थुलुङडाडास्थित भित्री सडक खण्डमा बसाहाबाट बर्खेडाँडातर्फ आउँदै गरेको बा९२प ०८९७ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको प्र १–०५–००२ प ०५८९ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा प्र१–०५–००२ प ०५८९ नम्वरका मोटरसाइकल चालक राईको मृत्यु भएको खड्काले जानकारी दिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरीक्षक समेतको टोली खटिइ बा९२प०८९७  नम्बरको मोटरसाइकल चालक चौदण्डीगढी नगरपालिका–४ बसाहा बस्ने २६ वर्षका एमन मगर र दुईवटै मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
 

सुझावित समाचार