दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ। विनोद भण्डारीको अर्धशतक मद्दतमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५५ रन जोडेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ६३ रनको योगदान गरे। ५२ बल खेलेका उनले तीन चौका र दुर्य छक्का प्रहार गरे। आरिफ शेख र शेल्डन ज्याक्सनले समान २० रन जोड्दा हर्मित सिंह १४, इशान पाण्डे १३ र मुख्तर अहमद १० रन जोडेर आउट भए।
विराटनगरका लागि प्रतिश जिशी र मर्चेन्ट डि लाङले समान दुई विकेट लिँदा सूर्य तामाङ र साम हिजलेटले समान एक विकेट हात पारे।