सकुनलाई कल्बा अन्तर्राष्ट्रिय जुडोमा रजत

सोमबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

सकुन सुनुवारले कल्बा अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा रजत पदक जितेकी छिन्। ६ देखि ७ डिसेम्बरसम्म भएको प्रतियोगितामा सकुनले रजत जितेको पामका जुडो मुख्य प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जनाएका छन्।

युएईमा भएको उक्त प्रतियोगितामा सकुनले पेरिस सेन्ट जर्मन एकेडेमी जुडोबाट खेलेकी थिइन्। सकुन त्यस एकेडेमीमा प्रमुख प्रशिक्षकको रूपमा काम गर्दै आएको मुख्य प्रशिक्षक श्रेष्ठले जानकारी दिए। जुडो न्यू होराइजनबाट सुरु गरेकी सकुनले पछि बन्दी सहायता नियोग (पाम) मा आबद्ध भई खेलाडीलाई प्रशिक्षण दिनुका साथै पढाउँदै आएकी पनि थिइन्।
 

सुझावित समाचार