१९औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा महासचिव टिम र प्रवक्ता टिम विजयी भएका छन्। प्रतियोगिताको सुरुवातमा दुई मैत्रीपूर्ण खेल भएको थियो। भृकुटीमण्डपस्थित फुटसल मैदानमा सोमबार भएको खेलमा महासचिव टिमले ६–१ गोलले सचिव टिमलाई हरायो।
महासचिव टिमबाट पद्मप्रसाद पाण्डेय, हर्कराज राई, सुरजकुमार दुरा, भोजराज पौडेल, विमल बस्नेत, प्रदीप गुरागाईं खेलाडी थिए भने सचिव टिमबाट रोजनाथ पाण्डे, तुलबहादुर कँडेल, लक्ष्मीप्रसाद गौतम, हृदयराम महर्जन, प्रदीपकुमार नेपाल, पुष्पप्रकाश खनालले खेलेका थिए।
यसैगरी, दोस्रो मैत्रीपूर्ण खेलमा प्रवक्ताको टिमले संसदीय मामिला पत्रकार टिमलाई ४–१ ले पराजित गर्यो। प्रवक्ताको टिमबाट एकराम गिरी, संजय दाहाल, अनन्तप्रसाद कोइराला, सदन राई, रमन खनाल, दीपेन्द्र केसीले खेलेका थिए भने संसदीय मामिला पत्रकारको टिमबाट मनोज सत्याल, कमलराज भट्ट, अशोक दाहाल, प्रविन रानाभाट, हरिशसिंह नगाल, सुजन गुरुङ र अमुल थापाले खेलेका थिए।
संसद् सेवा दिवसका अवसरमा हरेक वर्ष फुटसल प्रतियोगिता हुँदै आएको छ। प्रतियोगितामा यसपटक पुरुषतर्फ १० र महिलातर्फ तीन टिम सहभागी छन्।
पुरुषतर्फ पाथीभरा टिम, भर्वेटियम ग्यालेक्सी, टेक्नो टाइगर्स, सवारी टिम (क), सवारी टिम (ख), स्पिकर्स युनाइटेड टिम, एफपीएस थण्डर, डाइनामिक ड्रिब्लर्स, फेडेरल पार्लियामेन्ट सिक्स, एफपीएस वारियर्स छन्। महिलातर्फ सगरमाथा टिम, लेडी स्ट्राइकर्स र लुम्बिनी टिम रहेका छन्।