निर्वाचनका लागि ११४ दल दर्ता, १०७ चुनाव चिह्न

आइतबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि ११४ दल दर्ता गरेको छ।

१४ मंसिरसम्मको समयसीमामा १२० वटा निवेदन परेकोमा आयोगले ११४ दललाई निर्वाचन प्रयोजनका लागि दर्ता गरेको हो। आयोगका कानुन तथा दल महाशाखा प्रमुख यज्ञ भट्टराईका अनुसार ११४ दर्ता भएकोमा १०७ चुनाव चिह्न कायम भएको छ।

१२ दलले छुट्टाछुट्टै पाँचवटा चिह्नबाट चुनाव लड्नेछन्। यी दलहरू संयुक्त रूपमा चुनाव चिह्न लिएर लड्नेछन्।

सुझावित समाचार