शिक्षामन्त्री पुनको व्यंग्यात्मक स्ट्याटस– ओली कुटीको नक्सा बनाउनेलाई मुद्दा लगाउनुपर्छ

आइतबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

शिक्षामन्त्री महावीर पुनले एमाले अध्यक्ष केपी ओलीका लागि निर्माण गर्न लागिएको ‘ओली कुटी’ इन्जिनियरलाई ‘सख्त कारबाही’ गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नै शैलीको स्टाटास लेख्दै उनले ‘ओली कुटी’बारे व्यंग्यात्मक टिप्पणी गरेका हुन् ।

उनले ओलीका लागि बनाइने भनिएको घरको थ्रिडी नक्सासमेत फेसबुकमा राख्दै लेखेका छन्, ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ । अनि घोर बेइज्जती तथा मानहानिको मुद्दा लगाउनुपर्छ भन्ने मेरो माग छ ।’

उनी थप्छन्, ‘हाकिमले दुईजना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठुलो दरबारको नक्सा बनाइदिनुहुन्छ त उसले ? कहाँसम्मको लापरबाही हो यो ?’ पुनले अन्त्यमा : ‘एक छिन रमाइलो’ भन्दै आफ्नो स्ट्याटसमा गम्भीर भाव नरहेको संकेत गरेका छन् ।

सुझावित समाचार