पावरप्लेमा लुम्बिनीले एक विकेटको क्षतिमा ४६ रन बनायो

शुक्रबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण
पावरप्लेमा लुम्बिनीले एक विकेटको क्षतिमा ४६ रन बनायो

फाइल तस्बिर

दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबार जारी खेलमा लुम्बिनी लायन्सले राम्रो सुरुवात गरेको छ। १३३ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको लुम्बिनीले पावरप्लेमा एक विकेट गुमाएर ४६ रन जोडेको छ।

लुम्बिनीका ओपनर सुमित महर्जन गोल्डेन डक भए। उनी संगिथ कोरीको पहिलो बलमै आउट भएका हुन्। लुम्बिनीका अर्का ओपनर डार्सी सट १८ र रोहित पौडेल २१ रन जोडेर खेलिरहेका छन्।

टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले पावरप्लेमा तीन विकेट गुमाएर ३६ रन मात्र जोडेको थियो।

सुझावित समाचार