जनकपुरको खराब सुरुवात, पावरप्लेमा तीन विकेट गुमाएर ३६ रन बनायो

शुक्रबार, २० मंसिर, २०८२
डिजिटल संस्करण
जनकपुरको खराब सुरुवात, पावरप्लेमा तीन विकेट गुमाएर ३६ रन बनायो

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबार जारी खेलमा जनकपुर बोल्ट्सले खराब सुरुवात गरेको छ।

लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले पावरप्लेमा तीन विकेट गुमाएको छ। ६ ओभरको समाप्तिमा जनकपुरले ३६ रन मात्र जोड्न सक्यो।

ओपनर माज सदाकत ६ तथा तेस्रो नम्बरमा क्रिजमा आएका अनिल साह सात रन जोडेर पेभेलियन फर्किए। अर्का ओपनर आसिफ शेखले २० रन बनाए। १७ बल सामना गरेका उनले दुई चौका र एक छक्का हिर्काएका हुन्।

लुम्बिनीका लागि जेजे स्मिथ, रुबेन ट्रम्पेलमन र शेर मल्लले समान एक विकेट हात पारे।

सुझावित समाचार