नागरिक उड्डयन प्राधिकरणका निलम्बिन महानिर्देशक प्रदीप अधिकारीको विशेष अदालतमा बयान र थुनछेक बहस सुरु भएको छ। हेलिपोर्ट निर्माणमा करिब १४ करोड अनियमितता आरोपमा बुधबार उनलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
बुधबार बयान नसकिएपछि शुक्रबार आयोगले पेस गरेको हो।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा थुनछेक बहस भइरहेको छ। बहसपछि अदालतले उनलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने आदेश दिनेछ। उनीसहित प्राधिकरणका निर्देशक मुरारी भण्डारीलाई समेत उपस्थित गराइएको छ।
सुरक्षाको दृष्टिकोणले हेलिकोप्टर उडाउनै नमिल्ने भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट बनाएको भन्दै आयोगले मुद्दा दायर गरेको हो।