शुक्रबारदेखि १९औँ भ्याली पब्लिक बास्केटबल प्रतियोगिता

बिहिबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको १९औँ संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ । भ्याली पब्लिक हाई स्कुलको आयोजनामा बुढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा १९ देखि २९ मंसिरसम्म प्रतियोगिता हुन लागेको हो।

बिहीबार आयोजित कार्यक्रमका बिच भ्याली पब्लिकका संस्थापक तथा प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले प्रतियोगिताका बारेमा जानकारी दिएका छन्। प्रतियोगितामा सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाइज गरी तीन विधामा प्रतिस्पर्धा हुने भ्याली पब्लिकले जनाएको छ। सिनियर ब्वाइजमा २९ तथा सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान २७ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

उक्त प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ। तीन विधामा नै कुल आठ समूहमा विभाजन गरिएको खेलकुद इन्चार्ज पूर्ण न्यौपानेले जानकारी दिए। तीनै विधामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँका साथ ट्रफी पनि पाउनेछन्। 
 

सुझावित समाचार