एमाले अध्यक्ष केपी ओलीका लागि गुन्डुमा नयाँ घर बनाउन थालिएको छ। ओलीपत्नी राधिका शाक्यले घरको शिलान्यास गरेकी छिन्।
‘ओली कुटी’ नाम दिएर ओलीका लागि नयाँ घर बनाउन लागिएको हो। बालकोटस्थित उनको घर जेन–जी आन्दोलनको क्रममा जलेपछि नयाँ घर बनाउन लागिएको हो। ओली हाल गुन्डुकै एक भाडाको घरमा बस्दै आएका छन् ।
एमालेका नेता महेश बस्नेतलगायतले गुन्डुमा ओलीका लागि नयाँ घर बनाइदिन लागेका हुन्।
