एनपिएल : काठमाडौंविरुद्ध पहिला बलिङ गर्दै पोखरा

बिहिबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज भिड्दै छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा पोखराले टस जितेर बलिङ रोजेको छ । पाँच खेलबाट चार अंक मात्रै जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नैपर्ने दबाब छ । 

काठमाडौंले भने ६ खेलबाट आठ अंक जोडेको छ । लिग चरणको अन्तिम खेलमा जित निकालेर काठमाडौं प्लेअफमा सुरक्षित हुन चाहन्छ । आजै अपराह्न ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् । मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली  सहभागी छन् ।
 

See More On

सुझावित समाचार