कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित तत्कालीन महेन्द्रनगर नगर विकास समितिकोे जमिन घोटाला प्रकरणमा पूर्वअध्यक्ष पल्टु राना पक्राउ परेका छन् । नगर विकास समितिको जमिन अवैध रूपमा लिजमा दिनुका साथै बिक्रीमा संलग्न पूर्वअध्यक्ष राना पुर्पक्षका लागि कञ्चनपुर कारागार चलान भएका छन् ।
विशेष अदालतले २४ वैशाख ०८१ मा रानाविरुद्ध पाँच वर्ष ११ महिना २६ दिन कैद, ८५ लाख २८ हजार ७८३ रुपैयाँ जरिवाना तोकेको थियो । रानाले कैद र जरिवाना नतिरेपछि पक्राउ गरेर जेल चलान गरिएको प्रहरीले जनाएको छ ।
कञ्चनपुर प्रहरी प्रवक्ता सागर बोहराले लालझाडी गाउँपालिका– ५ देखतभुलीबाट रानालाई मंगलबार पक्राउ गरिएको बताए । अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि राना बुधबार पुर्पक्षका लागि कारागार चलान भएको उनको भनाइ छ ।