३५८ रनको योगफल रक्षा गर्न नसक्दा दोस्रो एकदिवसीय खेलमा भारत दक्षिण अफ्रिकासँग पराजित भएको छ। भारतमा चलिरहेको सिरिजको दोस्रो खेलमा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३५८ रन बनाएको थियो। तर, कसिलो बलिङ हुन नसक्दा दक्षिण अफ्रिकाले चार बल बाँकी रहँदा उक्त लक्ष्य पूरा गरेकाे हाे।
भारतका लागि विराट कोहली र रुतुराज गैकवाडले शतक तथा कप्तान केएल राहुलले अर्धशतक बनाएका थिए।
दक्षिण अफ्रिकाका लागि अइडेन मार्करमले शतक तथा म्याथु ब्रिटज्के र डेवाल्ड ब्रिभिसले अर्धशतक हानेका थिए। ४९.२ ओभरमै दक्षिण अफ्रिकाले खेल जितेको हो ।
दक्षिण अफ्रिका र भारतबिचको खेलमा ७२० रन बनेको थियो। जुन दुई देशबिचको एकदिवसीय खेलमा सर्वाधिक हो।
पहिलो एकदिवसीय भारतले जितेको थियो। दोस्रो खेल दक्षिण अप्रिकाले जितेसँगै शृंखला १–१ को बराबरी भएको थियो ।
अब तेस्रो तथा निर्णायक खेल शनिबार हुनेछ।