काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१३, साँगामा अवस्थित नेपाल पुलिस स्कुलको आयोजनामा ३१औँ अन्तरमाध्यमिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८२ सुरु भएको छ।
बुधबार नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक हिमालयकुमार श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका हुन्।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस स्कुल साँगा र पिस प्वाइन्ट स्कुल बानेश्वरले गोलरहित बराबरी खेले।
प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन र सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, सशस्त्र प्रहरी विद्यालयलगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १४ विद्यालयका १५ टिमको सहभागिता छ।