लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर’ अभियान सुरु

बुधबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण

लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर–२०२५’ सुरु भएको छ । डिजिटल बैंकिङ प्रवद्र्धन गर्ने वार्षिक अभियानको सातौँ संस्करण ‘इम्पावरिङ इन्टरप्राइजेज’को नारासहित देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहने बैंकले जनाएको छ ।

डिसेम्बर महिनाभर चल्ने अभियानमा बैंकका डिजिटल प्लाटफर्मलाई देशभरका व्यवसायको कारोबारका लागि प्राथमिक च्यानलका रूपमा स्थापित गर्ने लक्ष्य राखेको बताइएको छ । अघिल्ला वर्षका उपभोक्ताकेन्द्रित अभियानबाट यस वर्ष उद्यमकेन्द्रित डिजिटल रूपान्तरणतर्फ महŒवपूर्ण फड्को मारेको बैंकले जनाएको छ । 

यो अभियानले घरेलु, साना तथा मझौला उद्यम, कर्पोरेट संघ–संस्था तथा प्रतिष्ठान, खुद्रा तथा थोक विक्रेता, आइटी, वित्त, स्वास्थ्य सेवा, शिक्षा र आतिथ्यलगायतका सबै क्षेत्रका उद्यमलाई समावेश गर्ने बताइएको छ । उद्यमीहरूलाई डिजिटल बैंकिङका माध्यमबाट सक्रिय बनाउँदै उच्च मूल्यको नगद तथा चेक कारोबारलाई डिजिटल च्यानलमा रूपान्तरणा गर्ने र एपिआई तथा होस्ट–टु–होस्ट कनेक्टिभिटीमार्फत ग्राहकको प्रणालीबाट सीधै भुक्तानी गर्न मिल्ने माध्यम सहजीकरण गर्ने विषयमा केन्द्रित बैंकको भनाइ छ ।

यसअन्तर्गत बैंकले ई–कमर्स व्यवसायका लागि निर्बाध भिसा र मास्टरकार्डमार्फत भुक्तानी प्राप्त गर्ने माध्यम, कर्पोरेट संघ–संस्थाका कर्मचारीलाई अन कार्ड–भर्चुअल क्रेडिट कार्ड र भिसा क्रेडिट कार्डको प्रवद्र्धन गरिनेछ ।

सुझावित समाचार