अवैध लत्ताकपडासहित पथलैयाबाट ट्रक नियन्त्रणमा

बुधबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण

बाराको जितपुरसिमरा उपमहानगरपालिका– १ स्थित पथलैया चोकमा रहेको प्रहरी चौकी पथलैयाले गत सोमबार बेलुकी करिब ७ बजे ठुलो परिमाणमा अवैध रूपमा ढुवानी हुँदै गरेको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।

प्रहरीमा प्राप्त विशेष सूचनाका आधारमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना.७ख ५८५२ नम्बरको ट्रकलाई चेकजाँच गर्दा बिल–बिजकमा लेखिएको सामग्रीभन्दा फरक सामान फेला परेको प्रहरी वरिष्ठ नायव निरीक्षक रुपेश थपलियाले जानकारी दिए।

प्रहरी वरिष्ठ नायब निरीक्षक थपलियाका अनुसार ट्रकमा कटन मार्किङ कपडा, कुर्ता सुरुवाल, सारी, लेडिज सल, प्रिन्ट कपडा र झोलाको कपडासहित करिब ४२ लाख ५५ हजार रुपैयाँबराबरको लत्ताकपडा लोड थियो। अवैध रूपमा लुकाइछिपाइ ल्याइएका ती सबै सामग्रीसहित ट्रकलाई प्रहरीले नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान अघि बढाएको छ।
 

सुझावित समाचार