पांमा कप : खाँदबारी र सोमबारे भोजपुर सेमिफाइनलमा

मंगलबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिका–४, पांमास्थित भगीवन्त रंगशालामा जारी नवौँ पांमा कप आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा खाँदबारी युथ क्लब र सोमबारे भोजपुर सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिताको दोस्रो दिन आज मंगलबार भएको पहिलो खेलमा गत वर्षको च्याम्पियन सेकाहा क्लबलाई टाइब्रेकरमा हराउँदै खाँदबारी सेमिफाइनलमा प्रवेश गरेको हो।

दोस्रो खेलमा एडभान्स क्लबलाई ३–० ले पराजित गर्दै सोमबारे भोजपुर सेमिफाइनलमा प्रवेश ग¥यो। खेलमा सोमबारे भोजपुरका विदेशी खेलाडी अजय मार्टिनले २ र विनोद राईले १ गोल गरेका थिए।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित किराँतहरूको महान चाड उद्यौली पर्व धान्य पूर्णिमाको अवसरमा यो प्रतियोगिता बर्सेनि आयोजना हुने गरेको छ।
 

सुझावित समाचार