सिराहामा परिचय नखुलेका व्यक्तिको प्रवेशमा रोक लगाउन सीमामा कडाइ

मंगलबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण

छिमेकी देश भारतसँग सीमा जोडिएको सिराहा जिल्लाका विभिन्न नाकामा सुरक्षा सतर्कता बढाउँदै कडाइ गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिराहाले मंगलबार सूचना जारी गर्दै परिचय नखुलेका व्यक्ति अवैध ढंगबाट प्रवेश गर्न सक्ने भएकाले सीमामा कडाइ गरिएको जनाएको छ।

‘सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्ति अवैध ढंगबाट यस जिल्लामा प्रवेश गर्न सक्ने हुँदा सीमावर्ती क्षेत्रमा सुरक्षा निकायबाट चेकजाँचमा कडाइ गरिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जारी गरेको सूचनामा उल्लेख छ।

छिमकी देश भारत भएर नेपाल भित्रिने कुनै पनि परिचय नखुलेका व्यक्तिलाई घरमा बसोबास गर्न नदिन र कुनै कामकाजमा नलगाउन जिल्ला प्रशासनले आग्रह गरेको छ।

जिल्लाको मुख्य प्रवेशमार्गहरू खैरटोका (माडर), बरियारपट्टी, झाँझपट्टी, ठाँडीसँगै भित्रि ग्रामीण मार्गमा पनि सुरक्षाकर्मीले विशेष निगरानी थालेको र चेकजाँचमा कडाइ गरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए। सिराहा जिल्लासँग नेपाल–भारतबिच करिब ४० किलोमिटर लामो सीमा जोडिएको छ।

सुझावित समाचार