नेपाल लाइफले सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा डेढ करोड रुपैयाँ सहयोग गरेको छ ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच कम्पनीका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघई, सञ्चालक कमलेशकुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीणरमण पराजुलीले संयुक्त रूपमा सो रकमबराबरको चेक अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् ।
गत २३–२४ भदौमा भएको जेन–जी प्रदर्शन र आन्दोलनका क्रममा देशभरिका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायत कार्यका कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो ।
चेक हस्तान्तरण गर्दै अध्यक्ष संघईले क्षति पुगेका सार्वजनिक भौतिक संरचनाको पुनर्निर्माणमा सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । अर्थमन्त्री खनालले पूर्वाधार विकासमा यस किसिमको सहयोग पुर्याउने कम्पनीलाई धन्यवाद दिए ।