कामना सेवा विकासलाई अग्राधिकार सेयर जारी गर्न बोर्डको स्वीकृति

मंगलबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न सोमबार अनुमति दिएको छ । बोर्डले नौ प्रतिशत लाभांश तोकिएको प्रतिकित्ता १०० अंकित दरमा ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि अनुमति दिएको हो । यस बैंकको १८औँ वार्षिक साधारणसभाले अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । 

उक्त सेयर जारी गरेसँगै बैंकको पुँजीगत संरचना थप सुदृढ हुने, पुँजीकोष बढ्न जाने तथा व्यवसाय विस्तारको अवसर बढ्ने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पुँजीकोष सबलीकरण गर्नका लागि हकप्रद सेयरको विकल्पका रूपमा सर्कुलरमार्फत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने बाटो खुलाएको थियो ।

सुझावित समाचार