निर्वाचन तोकिएको मितिमै हुन्छ: मन्त्री घिसिङ

सोमबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

अन्तरिम सरकारले तय गरेको आगामी निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बताएका छन्। उनले निर्वाचन प्रक्रियाबारे अनावश्यक शंका सिर्जना नगर्न आग्रह गर्दै वर्तमान सरकारले आवश्यक तयारी अघि बढाइरहेको जानकारी दिए।

बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा मन्त्री घिसिङले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको पहिलो प्राथमिकता तत्कालीन चुनौती समाधान गर्दै स्थिर राजनीतिक वातावरण निर्माण गर्नु रहेको उल्लेख गरे।

उनले चुनाव गराउन आर्थिक अभाव नरहेको दोहोर्याउँदै भने, हामीसँग स्रोत साधन पर्याप्त छन्। फागुन २१ को निर्वाचन सुव्यवस्थित रूपमा सम्पन्न गर्नु नै यो सरकारको मुख्य उद्देश्य हो।

सुझावित समाचार