स्व. उज्ज्वल थापा वैकल्पिक राजनीतिका पिता : तोसिमा कार्की

आइतबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण
स्व. उज्ज्वल थापा वैकल्पिक राजनीतिका पिता : तोसिमा कार्की

तस्बिर : संजित परियार/नयाँ पत्रिका

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले नेपालमा वैकल्पिक राजनीतिको सुरुवात स्व. उज्ज्वल थापाले गरेको बताएकी छिन्।

आइतबार विवेकशील साझा पार्टीसँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै कार्कीले वैकल्पिक राजनीति शक्तिहरू स्व. थापाले देखाएकै मार्गमा अघि बढिरहेको बताइन्।

‘स्वर्गीय उज्ज्वल थापाज्यू, जसले विवेकशील नेपाली अभियान सुरु गर्नुभएको थियो। नेपालमा वैकल्पिक शक्ति पनि सम्भव छ, मूलधारमा आउन सक्छ, सुसंस्कृत राजनीति सम्भव छ भनेर उहाँले देखाउनुभयो, चिनाउनुभयो, सिकाउनुभयो। त्यही मार्गमा आज राजनीति अघि बढिरहेको छ। त्यसैले, वैकल्पिक राजनीतिक शक्तिको पिताको रूपमा उज्ज्वल थापाज्यूलाई सम्झन चाहन्छु,’ कार्कीले भनिन्।

सुझावित समाचार