आइइएसएफ विश्व ई–स्पोर्टस् च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

आइतबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

नेपालले आइइएसएफ विश्व ई–स्पोर्टस् च्याम्पियनसिप २०२५ मोबाइल लेजेन्ड्स : ब्याङ ब्याङ (एमएलबिबी)मा सहभागिता जनाउने भएको छ। सो प्रतियोगिता डिसेम्बर ३ देखि ७ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुँदै छ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार मलेसिया जाने ई–स्पोर्टस् टिमलाई बिदाइ गरे। एनओसी अध्यक्ष श्रेष्ठले ई–स्पोर्टसका खेलाडी तथा पदाधिकारीलाई शुभकामना र प्रोत्साहन दिँदै भने, ‘यो टिमले अन्तर्राष्ट्रिय मञ्चमा बलियो प्रदर्शन गरी राष्ट्रको गौरव बढाउने आशा गरेको छु।’

आइइएसएफ विश्व ई–स्पोर्टसमा नेपालले महिला र पुरुष दुवै विधामा सहभागिता जनाउनेछ। पुरुष टिममा विकास तामाङ, किशोर गुरुङ, आयुष भण्डारी, आयुष राई र अभिषेक वाइबा छन्। प्रशिक्षकमा म्याथ्यु ह्वी योङ तान छन्।

महिला एमएलबिबीमा रुशु तामाङ, प्रकृति तामाङ, स्नेहा राई, एक्सा माबो र दुर्सन राईले प्रतिस्पर्धा गर्नेछन्। महिला टोलीको प्रशिक्षकमा सुमित श्रेष्ठ छन्। नेपाल ई–स्पोर्टस् संघका अध्यक्ष सुरज डंगाेल पनि टोलीसँगै मलेसिया जानेछन्।

सुझावित समाचार