टिसिएलका प्रिमियम साउन्डबार बजारमा

आइतबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले दुई अत्याधुनिक प्रिमियम साउन्डबार मोडेल एस–५५–एच र क्यू–६५–एच नेपाली बजारमा सार्वजनिक गरेको छ । जारी नेपाल प्रिमियर लिग (एनपिएल)लाई लक्षित गर्दै घरमै बसेर स्टेडियमको अनुभव दिलाउन यी दुई मोडेल ल्याएको कम्पनीले जनाएको छ ।  

एस–५५ एच मोडेलले २.१ च्यानल डोल्बी एटमस तथा डिटिएस भर्चुअल एक्स प्रविधिको प्रयोगमार्फत स्पष्ट आवाज प्रदान गर्छ । वायरलेस सबवुफरसहित आउने यो मोडेलले २२० वाटबराबरको आवाज दिन्छ ।

त्यसैगरी, क्यू–६५ एच मोडेलले ५.१ च्यानल स्पिकर प्रणालीमार्फत ५८० वाटबराबरको शक्तिशाली आवाज दिन्छ । यसमा रहेको सिग्नेचर रे–डान्ज टेक्नोलोजीले राम्रो र जीवन्त आवाज सुनिने क्षेत्रलाई बढाउँछन् । 

See More On

सुझावित समाचार