काठमाडौंबाट पोखराका लागि उडान भरेको बुद्ध एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको हो।
फ्लाइट नम्बर ६१७ मार्फत पोखरा आएको बुद्धको ७२ सिटे एटिआर विमान अवतरणको क्रममा धावमार्गको पूर्वी भागमा गिद्ध प्रजातिको चरा ठोक्किएको हो। चरा ठोक्किएको कारण विमानको दायाँ इन्जिनतर्फ क्षति पुगेको बताइएको छ।
६८ जना यात्रु रहेको विमानमा चरा ठोक्किए पनि सवार यात्रु र चालक दलका सबै सदस्य सुरक्षित रहेका छन्।
चरा ठोक्किएपछि सुरक्षा प्रोटोकलअनुसार विमान उडाउन नमिल्ने भएपछि सो विमानलाई तत्कालै पार्किङमा राखिएको छ। सुरक्षा प्रोटोकलअनुसार विमानको प्राविधिकले परीक्षण मात्र उडानका लागि अनुमति दिइने पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा सुवेदीले जानकारी दिइन्।
दुई सातामा दुई घटना
यसअघि गत २९ कात्तिकमा पनि पोखराबाट काठमाडौंका लागि उडान भर्न लाग्दा रनवेबाट जमिन छाड्ने क्रममा बुद्धको विमानमा चरा ठोक्किएको थियो।