मोरङ प्रहरीलाई २४ लाख बढीकाे सिसिटिभी र सम्बन्धित उपकरणहरू सहयोग

शनिबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

जिल्ला प्रहरी मोरङलाई सप्लायर्स कम्पनीले साढे २४ लाखबराबरको सिसिटिभी र सम्बन्धित उपकरणहरू सहयोग गरेको छ। जेन-जी आन्दोलनका क्रममा जडान भएका सिसिटिभीमा क्षति पुगेकोले सिसिटिभी क्यामरा नयाँ जडान गर्न र सर्भर प्रणाली मर्मतका लागि सिसिटिभी सप्लायर्स प्लाजा सेल्सले शुक्रबार मोरङ प्रहरीलाई २४ लाखबराबरको सामग्री सहयोग गरेको हो। 

सिटिटिभी सप्लायर्स कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत  मोरङका एसपी कवित कटवाललाई प्लाजा सेल्सका प्रमुख अभिलाश वंशल र चीनका प्रतिनिधि डोजन जाईले युनिभ्यू ब्रान्डका २९ थान सिसिटिभी क्यामरा, ५४ थान प्याच कर्ड, २७ थान पावर एडेप्टर, १२ जोडी मिडिया कन्वर्टर, अनि  २४५ मिटर फाइबर केबल हस्तान्तरण गरे। 

सिसिक्यामरासहितका उपकरणका लागि उद्योग संगठन मोरङ, मोरङ उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, नेपाल वाणिज्य महासंघ कोशी प्रदेशलगायतले साढे १० लाख रुपैयाँ सहयोग गरेका थिए। विराटनगरमा महानगरदेखि छिमेकी गाउँपालिका बुढीगंगासम्म १५६ वटा सिसिटिभी जडान भएका थिए। जसमध्ये जेन-जी आन्दोलनमा १२२ वटा सिसिटिभी प्रणालीमा क्षति  भएको थियो।   
 

सुझावित समाचार