गायक सरोज ओली करिब चार वर्षपछि गायनमा फर्किएका छन्। ‘माछीले खाने खोलीको लेउ’, ‘जता जता पिरतीको बाटो’, ‘ए है माया’, ‘माया गरौँला’लगायतका सुपरहिट गीत गाएका ओलीको आवाजमा नयाँ गीत ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक भएको हो।
गायक ओलीको शब्द र दीपक शर्माको संगीत रहेको गीतमा भारतीय गायिका भूमि त्रिदेवीले ओलीलाई साथ दिएकी छिन्। किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा ओलीसहित आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली, प्रेमा लाम्गादेको प्रस्तुति रहेको छ।
पवन सुस्लिङले गीतको भिडियो छायांकन तथा सम्पादन गरेका छन्।
हेर्नुस् भिडियो :