डाँका चोरी मुद्दामा दोषी ठहर भएपछि फरार भएका एक व्यक्ति ३८ वर्षपछि पक्राउ परेका छन् ।
स्याङ्जाको साबिक कोल्मा बराहचौर गाविस– ८ (हाल पुतलीबजार नगरपालिका– ८) अरभ्याङका रामबहादुर शाहीका छोरा ६४ वर्षीय कान्छो भन्ने बुद्धिबहादुर शाहीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो।
बाहाकोट– ०७ (हाल पुतलीबजार– ८ गेउडाँडा)मा भएको डाँका चोरी घटनामा ०४३ साल माघ ७ स्याङ्जा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो। अदालतले उनलाई आठ महिना चार दिनको कैद सजाय तोकेको थियो।
गत बुधबार पक्राउ परेका शाहीलाई कैद तथा जरिवाना भुक्तानीका लागि जिल्ला अदालतमा उपस्थित गराई जिल्ला कारागार चलान गरेको प्रहरीले जनाएको छ।