जेन–जी आन्दोलनका क्रममा अराजक समूहले विराटनगर महानगरमा जडान गरिएका १२२ वटा सिसिक्यामेरा तोडफोड गरेको पाइएको छ ।
विराटनगर महानगरदेखि बुढीगंगासम्म प्रहरीले १५६ वटा सिसिक्यामेरामार्फत निगरानी गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा तोडफोड भएको हो ।
तोडफोडबाट क्षति पुगेको सिसिक्यामेरा जडानका लागि व्यवसायीले जिल्ला प्रहरी कार्यालय मोरङलाई २४ लाख ५० हजार रुपैयाँबराबरको सामग्री सहयोग गरेको छ ।
विराटनगरभित्रका सिसिक्यामेरा जडान र सर्भर मर्मतका लागि उपकरण प्राप्त भएको मोरङ प्रहरीले जनाएको छ ।