पूर्वसभामुख महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।  भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख महरालाई न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 

जिल्ला अदालत काठमाडौंले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा उनीविरुद्ध सिआइबीले अनुसन्धान गरेको थियो। 

सुझावित समाचार