दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको पहिलो खेलमा विनोद भण्डारीले अर्धशतक बनाएका छन्।
लुम्बिनी लायन्सविरुद्ध जवाफी ब्याटिङ गर्ने क्रममा सुदूरपश्चिम रोयल्सका भण्डारीले अर्धशतक बनाएका हुन्। ३७ बल सामना गरेका भण्डारीले चार चौका र तीन छक्का हिर्काउँदै ५० रन पूरा गरे।