अवैध नदीजन्य सामग्री उत्खनन गर्ने जेसिभी र एक्स्काभेटरसहित चालक पक्राउ

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

शारदा नदीमा अवैध बालुवा उत्खनन गरेको आरोपमा सल्यान प्रहरीले जेसिभी र एक्स्काभेटरसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। बुधबार साँझ शारदा नगरपालिका– १ र सिद्ध कुमाख गाउँपालिका– १ मोख्लाबाट जेसिभी र एक्स्काभेटरसहित दुईजना चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

शारदा नगरपालिका– १ रेशमज्युलास्थित शारदा नदीमा अवैध बालुवा उत्खनन गर्दै गरेको रा.१क १३६७ नम्बरको जेसिभी र सिद्ध कुमाख गाउँपालिका– १ मोख्लाबाट बा.१क ५४३२ नम्बरको एक्स्काभेटरसहित चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिए। पक्राउ परेकालाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ। 

See More On

सुझावित समाचार