लुम्बिनी लायन्स र मोडर्न डाइग्नोस्टिक सेन्टरबिच साझेदारी

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) नेपाल प्रिमियर लिग २०२५ मा लुम्बिनी लायन्सले आधिकारिक डायग्नोस्टिक पार्टनरको रूपमा मोडर्न डाइग्नोस्टिक सेन्टर नेपाल प्रालिसँग साझेदारीको घोषणा गरेको छ।

एनपिएलअन्तर्गत बिहीबार त्रिवि क्रिकेट रंगशालामा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले प्रतिस्पर्धा गर्दै छ । लगातार दुई हारपछि जितको खोजीमा रहेको लुम्बिनी भने बलियो सुदूरपश्चिमलाई रोक्ने रणनीतिका साथ मैदानमा ओर्लनेछ । पहिलो खेलमा चितवनविरुद्ध जित निकालेपछि लुम्बिनी कर्णाली याक्ससँग नौ विकेट तथा काठमाडौं गोर्खाजबाट २२ रनले पराजित भएको थियो । 

सुदूरपश्चिमलाई हराउँदा लुम्बिनीको पनि शीर्ष चारमा रहँदै प्लेअफको आशा यथावत् रहनेछ । लुम्बिनीको ब्याटिङमा कप्तान रोहितकुमार पौडेल फर्ममा छन् । 

सुझावित समाचार