अमेरिकाबाट दुई सातामै ५० नेपाली निष्कासित

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

अमेरिकाबाट निष्कासित थप पाँच नेपाली काठमाडौं आइपुगेका छन्। बुधबार साँझ एयर इन्डियाको उडानबाट नयाँदिल्ली हुँदै पाँच नेपाली काठमाडौं आइपुगेका हुन्। 


निष्कासितहरूमा दाङ, प्युठान र रुकुम घर भएका युवा छन्। 

गत ३ मंसिरमा एकै दिन ३५ नेपालीलाई चार्टर्ड विमानमा काठमाडौं ल्याएर छाडिएको थियो। 

त्यस्तै, २ मंसिरमा चार र ३० कात्तिकमा पाँच नेपाली अमेरिकाबाट निष्कासनमा परी नेपाल आइपुगेका थिए। दुई सातामा ५० नेपाली अमेरिकाबाट निष्कासनमा परेका छन्। यसरी निष्कासनमा पर्नेहरूमा धेरैजसो अवैध रूपमा अमेरिका प्रवेश गर्ने र प्रवेश गर्न खोज्नेहरू छन्। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडाइ गरेसँगै निष्कासनमा पर्ने नेपालीको संख्या पनि बढेको हो।

सुझावित समाचार