ललितपुरमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

ललितपुरमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका– १५ चापागाउँ दोबाटोस्थित सडकमा ना.३ख ४७४५ नम्बरको ट्रक र बा.प्र ०२–०१९ प ६६८७ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलचालक काठमाडौं कीर्तिपुर नगरपालिका– ५ भत्केकोपाटी घर भएका २२ वर्षीय सुशान्त बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकचालकलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको  छ ।

सुझावित समाचार