संसारको कीर्तिमान भंग गरेर बसेको बैठकले निष्कर्ष दिएन : गुरु घिमिरे

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण
संसारको कीर्तिमान भंग गरेर बसेको बैठकले निष्कर्ष दिएन : गुरु घिमिरे

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेता गुरु घिमिरेले केन्द्रीय कार्यसमिति बैठक डेढ महिनाभन्दा बढी समयदेखि लम्बिएकोमा असन्तुष्टि जनाएका छन्।

बुधबार राष्ट्रिय सभागृहमा भएको विशेष महाधिवेशन पक्षधरको भेलामा घिमिरेले चिनियाँ कम्युनिस्ट पार्टीको २३ दिन लामो बैठकको कीर्तिमान भंग हुने गरी लम्बिएको केन्द्रीय कार्यसमिति बैठकले कुनै निष्कर्ष नदिएको टिप्पणी गरे।

कांग्रेस सत्ताको आहालमा बस्दा हिलो लागेको भन्दै उनले गल्ती–कमजोरी सुधारेर अघि बढ्नुपर्ने बताए।  ‘सत्ताको आहालमा बस्दा लागेको हिलो पखालौँ, धुलो–मैलो पखालौँ, जनताको अगाडि देखाउन मिल्ने बनाऔँ,’ उनले भने, ‘विगतमा गल्ती–कमजोरी भएर आत्मग्लानि लिएर, अपराधबोध महसुस गरेर बस्ने होइन। कमी–कमजोरी सच्याएर अघि बढ्ने हो।’

गल्ती सच्याएर अघि बढ्नुको साटो अनिर्णयको बन्दी बनेको आशय व्यक्त गर्दै नेता घिमिरेले भने, ‘संसारका कीर्तिमानहरूलाई हामीले भंग गरेर केन्द्रीय कार्यसमितिको बैठक बसिसक्दा पनि हामी निष्कर्षमा पुग्न सकेको छैनौँ।’
 

सुझावित समाचार