काठमाडौंबाट लुटिएका हतियारसहित तीनजना झापामा पक्राउ

मंगलबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

जेन–जी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीले झापाको दमकबाट तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउन्ड गोलीसमेत बरामद गरेको हो ।

पक्राउ पर्नेमा दमक– ६, प्रशान्तिटोलका  २९ वर्षीय विश्व लिङ्देन, दमक– ९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली– ४ आइतबारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बरामद दुवै हतियार र २० राउन्ड गोलीसहित तीनैजनालाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार